पौडेल र जोशिको एकताले कांग्रेसमा मेलमिलापको सन्देश दिन्छ : नेता शाह

पुस काठमाडौं २३ / नेपालि कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीका पुर्व सहमहामन्त्री गोविन्दराज जोशिको एकताले देशभरको कांग्रेसलाई एकताको सन्देश दिने बताएका छन।

मंगलबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारना सार्वजनिक गर्दै नेता शाहले छिमेमीको घर जली रहदा आगों निभाऊनुको साटो सेल्फ़ी खिंच्ने प्रबृतिले कोहि पनि बलियो नहुने भन्दै कांग्रेस तनहुँको बिवाद समाधान गर्न केन्द्रिय समितिले तत्काल केन्द्रिय प्रतिनिधि पठाउनु पर्नेमा पनि जोड दिएका छन।
नेता ऋषिकेश जंग शाहले देशमा लोकतन्त्र चिर हरन हुन लागेको भन्दै नेपाली कांग्रेस बलियो नभए देशमा संकट आउन सक्ने संकेत पनि गरेका छन। नेता शाहले कांग्रेस कम्जोर भए कांग्रेस भित्रका नेता पनि कम्जोर हुने भन्दै यो बिषयमा सबैले बेलामा बिचार नपुर्‍या आगामी दिनमा कांग्रेस झन कम्जोर हुने जिकिर गरे।

शाहले तनहुँमा बिवाद भैरह्यो भने भोलि त्यस्तै समस्या सबै जिल्लामा पनि आउन सक्ने भन्दै नेता शाहले पार्टीलाई एक बनाउने कार्यको सुरुवात तनहुँबाट गर्नु पर्ने पनि बताउनु भयो। शाहले बिशेष गरी यसको पहलक़दमि बरिस्ठनेता रामचन्द्र पौडेलले लीन आबस्यक छ रहेको पनि उल्लेख गर्नु भयो।


प्रतिक्रिया दिनुहोस्