सिटामोल बाँड्नुभन्दा स्वच्छ खानेपानीका लागि बजेट बढाऊः मन्त्री मगर

बर्दिया, १९ चैत  /  खानेपानी मन्त्री बिना मगरले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बढी बजेट छुट्याउनुपर्ने बताउकी छन् । बर्दियाको मधुवन नगरपालिका-६ स्थित कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैटौं वार्षक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाइले रोग लाग्नै नदिने भएकाले सरकारको प्राथमिकतामा खानेपानी हुनुपर्ने बताइन् ।


रोग लागेपछि सिटामोल बाँड्नुभन्दा स्वच्छ खानेपानी दिएर रोग लाग्न नदिनु राम्रो हो , मन्त्री मगरले भनिन्,’सबै नेपाली जनताले आधारभुत खानेपानी समेत नपाएको अवस्थामा स्वच्छ खानेपानी पुर्‍याउनुपर्ने छ । सबै जनतालाई स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको दायित्व भएकाले मन्त्रालयको कार्यक्षेत्रभित्र सुकुम्बासीदेखि हुकुम्बासीसम्म सबै पर्ने मन्त्री मगरले बताइन् । आफूलाई स्वस्थ र सफा राख्न सबैले सावधानी अपनाउनुपर्छ,’ मन्त्री मगरले भनिन्,’सरसफाइमा ध्यान दिन सके धेरै रोगबाट वचन सकिन्छ ।

खानेपानीमा पर्याप्त बजेट विनियोजन गराएर योजना कार्यान्वयन गरे मात्रै समृद्ध राष्ट्र निर्माणको अभियान पूरा हुने उनको भनाइ छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्तकुमार चौधरीले विगतदेखि नै राज्यले पछाडि पारेको बर्दियाको खानेपानीलाई आर्सनिकमुक्त गर्न मन्त्री मगरसमक्ष आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्