नेयमार बार्सिलोना फर्कन असम्भव

पुस २७ / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्टार तथा ब्राजिलियन स्टार नेयमार पुन पूर्वक्लब बार्सिलोना फर्कने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

तर, नेयमारलाई बार्सिलोना फर्कन गाह्रो भएको बार्सिलोनाका पूर्व कप्तान आन्द्रेज इनियष्टाले बताएका छन् । इनियष्टाले बताएका छन् : फुटबल फ्यानहरुले ब्राजिलियन स्टार नेमारलाई उनको पूर्वक्लब बार्सिलोना फर्केको देख्न चाहेपनि सो सम्भब नरहेको अन्तर्राष्ट्रिय खेल पोर्टल गोल डटकमका अनुसार इनिष्टाले नेयमार बार्सिलोना फर्कनु असम्भव रहेको बताएका छन् ।

इनिष्टाले भनेका छन् : बार्सिलोनाले अथक मेहनत गरिरहेको छ, तर उनी फर्कनु कल्पनाजस्तै रहेको स्पेनका हुन् । उनले थपेका छन् : नेयमार संसारकै उत्कृष्ट खेलाडी हुन्, तर उनी फेरी बार्सा फर्किनु भनेको मेरो सोचाईभन्दा बाहिरको कुरा हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्