ताप्लेजुङ सरोकार केन्द्रको यस्तो छ बार्षिक कार्यतालीका

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रले आफनो बार्षिक कार्यक्रमको कार्यतालीका सार्बजनिक गरेको छ । सरोकार केन्द्रको अध्यक्ष चित्रगुप्त साँवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम सहित बार्षिक कार्यक्रमको कार्यतालीका सार्वजनिक गरेको हो ।

ताप्लेजुङ सरोकार केन्द्रको यस्तो छ भावी योजना बार्षिक कार्यतालीका :

सरोकार केन्द्रको (बैठकको निर्यण अनुसार)

क. कार्यक्रमहरु:-

१. भाद्र १६ गते स्थापना दिवस कार्यक्रम र रक्तदान

२. बार्षिक कार्यक्रम : फागुन महिनामा वनभोज / महोत्सव वा अन्य बिशेष कार्यक्रम (आगामी फागुन ११ गते गोदावरीमा १०औं ताप्लेजुंग वनभोज आयोजना हुदैछ। जस्को तयारी क्रममा केन्द्रका उपाध्यक्ष ईश्वरी पौडेलको संयोजकत्वमा ३०१ सदस्यीय वनभोज ब्यवस्थापन समिति गठन)

३. स्मारिका प्रकाशन

४. जिल्लाका कलाकार/ सांस्कृतिक कर्मिहरुका लागी अक्षयकोष स्थापना र सो लागी बैशाख – भाद्र सम्ममा ताप्लेजुङ सांझ आयोजना गर्ने ।

५. तमोर जलाशययुक्त आयोजना कार्यावयनको लागि अभियान, अग्रसरता र नेतृत्व गर्ने ।

६. ताप्लेजुङ चिनारी प्रकाशन (यस कार्यकालमा)

७. समय समयमा बिभिन्न अन्तरक्रिया कार्यक्रम

८. जिल्लाको पर्यटन प्रवर्धन गर्न बिशेष कार्यक्रम संचालन गर्ने ।

९. सरोकार केन्द्र कार्य समिति सदस्य PK Sherpa र छोराले ग्लोवल वार्मिक सचेतना कार्यक्रम साथ सातै महादेशका उच्च हिमाल अारोहरण अभियानमा सरोकार केन्द्रको झण्डा सहित हिमाल अारोहरण गर्ने । कार्यक्रम सफल बनाउन आवश्यक पहल गर्ने ।

ख. कार्ययोजना :-

१. आजीवन सदस्यता अक्षयकोष स्थापना ।

२. सामाजीक सेवा कोषलाई निरन्तरता दिने ।

३. कला साहित्य तथा सामाजिक/सांस्कृतिक/शैक्षिक क्षेत्रलाई प्रोत्साहित तथा पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने ।

४. कला-साहित्यको संरक्षण तथा विकासका लागि अक्षयकोष स्थापना गर्ने ।

५. अागामी २ बर्ष भित्र सरोकार केन्द्रको अाजीवन सदस्य कम्तिमा ५०० (पांच सय) पुर्याउने ।
६. सानो सुकेटार क्षेत्रमा एक भब्य र अाकर्षक पर्यटकिय राष्ट्रिय चौतारा निर्माण गर्ने ।

७. एक वित्तीय संस्था संचालन गर्न आवश्यक अध्ययन गरि कार्यान्वयनतर्फ जाने ।

८. अागामी ५ बर्षसम्ममा सरोकार केन्द्रको अाफ्नै भवन निर्माण गर्ने गरि योजना बनाइ कार्यन्वयनका लागि अधि बढ्ने ।




प्रतिक्रिया दिनुहोस्