ताप्लेजुङ समाजले भवन बनाउन ५३ लाख बढी रकम सङ्कलन गर्‍यो

काठमाडौँ, ५ माघ : ताप्लेजुङ सरोकार समाजको प्रथम एतिहासिक बैठकले भवन निर्माणका लागि ५३ लाख बढी रकम सङ्कलन गरेको छ ।

शनिवार काठमाडौँमा सम्पन्न भएको बैठकमा ५३ लाख १७ हजार १ सय ११ रुपैयाँ रकम सङ्कलन भएको समाजले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । समाजको अध्यक्ष डम्बरबहादुर तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न भएको बैठकले समाज कल्याणकारी काम गर्ने जनाएको छ ।

समाजले निर्माण गर्ने भवन विशेष गरी ताप्लेजुङबाट उपचारका लागि काठमाडौँ आएका बिरामीहरूका लागि प्रयोग गरिने छ । पुस २१ गते ताप्लेजुङको विकासमा टेवा पुर्‍याउने उदेश्यले स्थापना भएको समाजको पहिलो बैठकले समाजको कार्य सरलताका लागि २७ सदस्यि सचिवालय गठन गरेको छ । साथै बैठकले समाजको भवन निर्माणका लागि आर्थिक संकलनको विषयमा पनि महत्त्व पूर्ण निर्णय गरेको छ ।

समाजले स्वेछिक रूपमा भवन निर्माणका लागि आर्थिक सङ्कलन अभियान चलाएको छ । आजको बैठममा भवन निर्माणका लागि विभिन्न व्यक्तिबाट ५३ लाख १७ हजार १ सय ११ रुपैयाँ सङ्कलन भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । समाज स्थापना गर्दा राखेको उद्देश्य ताप्लेजुङ भवन निर्माण कुम्भकर्ण आपतकालिन कोष स्थापना, पाथीभरा शैक्षिक अक्षय कोष, कञ्चनजङ्घा लगानी कोष सहजिकरण लगायत सामाजिक आर्थिकको विषयमा महत्त्वपूर्ण निर्णय गरेको छ ।

समाजले राखेको उदेश्यलाई सम्पन्न गर्न विभिन्न समितिहरू बनाएर जिम्मेवारी दिइएका छन् । समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाङफेको संयोजकत्वमा ताप्लेजुङ भवन निर्माण समिति गठन गरिएको छ । त्यस्तै, समाजका उपाध्यक्ष युवराज गुरुङको संयोजकत्वमा कुम्भकर्ण आपतकालिन कोष स्थापना समिति गठन भएको छ । समाजका उपाध्यक्ष, इन्द्रबहादुर शेर्पाको संयोजकत्वमा पाथीभरा शैक्षिक अक्षय कोष समिति गठन भएको छ ।

उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा कञ्चनजङ्घा लगानी कोष सहजिकरण समिति गठन गरिएको छ । उपाध्यक्ष तारा श्रेङ महादेनको संयोजकत्वमा आर्थिक सामाजिक रूपान्तरण कार्यक्रमको समिति गठन गरिएको छ । त्यस्तै, बैठकले समाजको सांस्कृतिक विभागको संयोवकत्वमा याङजोम शेर्पालाई मनोनयन गरिएको छ । भने, समाजको आर्थिक विभागमा कोषाध्यक्ष हरिप्रसाद थापालाई जिम्मेवार दिइएको छ ।
प्रेस विज्ञप्ति


प्रतिक्रिया दिनुहोस्