बार्सिलोनालाई पाँच अंकको अग्रता


काठमाडौं / ला लिगा अन्तर्गत लिग लिडर बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको सो खेलमा घरेलु टोलीलाई जिताउन ओस्माने डेम्बेले, लुईस स्वारेज र कप्तान मेस्सीले समान एक–एक गोल गरेका थिए । लेगानेसका लागि मार्टिन ब्रेथवैटेले सान्त्वना गोल गरेका थिए ।

बार्सिलोनाले ३२ औं मिनेटमा डेम्बेलेको गोलमा पहिलो हाफमा १–० को अग्रता बनायो । पहिलो हाफमा पछि परेको लेगानेसले दोस्रो हाफको ५७ औं मिनेटमा गोल गर्दै १–१ को बराबरी गरे । त्यसपछि खेलको ६४ औं मिनेटमा लियोनल मेस्सी मैदान छिरेका थिए । बेन्चमा बसेका उनी मैदान छिरेपछि खेल थप रोमाञ्चक बनेको थियो ।

खेलको ७१ औं मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता बनायो । खेलको इन्ज्यूरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए । उनले खेलको ९२ औं मिनेटमा जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाएका थिए । गए रातिको खेलमा अल्बाले दुई गोलमा असिष्ट गरे ।

बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ५ अंकले अगाडि रहेको छ । एथ्लेटिकोभन्दा
५ अंकले पछि रियल मड्रिड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्