काठमाडौंको नयाँ बसपार्कमा प्रहरीले गोली चलायो,एक गम्भिर घाइते

काठमाडौं ८,माघ / काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कको एक होटलमा प्रहरीको गोली लागि अविलास तामाङ घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीमाथि तामाङले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा गोली लागेर तामाङ घाइते भएका हुन् । तामाङको साथबाट एक थान पेस्तोल समेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।

अहिले तामाङको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्