अनशनरत विजय थापाको समर्थनमा संयुक्त संघर्ष समितीद्धारा प्रदर्शन

काठमाडौं ८ माघ/ हालै शिक्षा तथा स्वास्थ्य समितीले बहुमतबाट पारित गरि संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पास गर्नुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा मंगलबार पनि प्रदर्शन भएको छ ।

निशुल्क स्वास्थ्य शिक्षा र रोजजगारीका निम्ती संयुतm संघर्ष समितीले थापाको समर्थनमा त्रिवि शिक्षण अस्पताल परिसरमा प्रर्दशन गरेका हुन् । नेपालमा MD तथा PG Class को कोटा कम्तीमा १५०० सय पुत्याउने व्यावस्था तत्काल गर्नुपर्ने,काठमाडौं उपत्यका बाहिर देश भरिनै मेडिकल कलेज खोल्ने खुलाउने बातावरण निर्माण गनुपर्ने, प्लस टु माथिको उच्च शिक्षा नेपालमै निशुल्क अध्ययन गर्ने वातावरणको ब्यावस्था गरि शिक्षा र स्वास्थ्य अध्ययनका नाममा बर्षेनी ७० अर्ब रुपैयाँ विदेशिने गरेको छ, यसलाई तुरुन्त रोक्ने वातावरण निर्माण गर्नुपर्ने,सरकारी तलब सेवा ्सुविधा लिएर राजनिती गर्ने सरकारी कर्मचारीलाई तत्काल सरकारी सेवाबाट बर्खास्त गरी कडा भन्दा कडा कार्वाही गर्नुपर्ने, बंगलादेशबाट डाक्टर पढेर फर्किने त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जना पिडित परिवारलाई तत्काल क्षतिपुर्तिको ब्यावस्था गनुपर्ने लगायतका मागहरु अघि सारेका छन ् ।
जब सम्म नेपालमा गाँस बास कपास सहितको निशुल्क शिक्षा स्वास्थ्य र रोजगारको ग्यारेन्टी सहितको प्रत्यभूति दिलाउन सरकार असमर्थ रहन्छ तब सम्म हाम्रा कुनै पनि नाम मात्रैको बाद, पार्टी,सिदान्त र अभियानको कुनै अर्थ नरहने र यहाँ धेरैले त्यही शिक्षा स्वास्थ्य र रोजगारीको नारा दिएर बिभिन्न नाटक मञ्चन गर्दै भाँडभैलो मञ्चाउने क्रमले परकाष्टा नाघेकोले त्यसका विरुद्धमा कडा भन्दा कडा प्रतिकारमा उत्रिनुको विकल्प नरहेको एक प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

माग पुरा नभएसम्म अनसन निरन्तर चलिरहने युवा नेता तथा सामाजिक अभियन्ता जेनिस लिम्बुले बताए । लामो समयदेखि पटक पटक अनशनरत प्रा. डा. गोविन्द केसीसँगको सम्झौताका क्रममा बनाइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै लागू हुनुपर्ने उनीहरुको माग छ । अनशनरत थापाले संसदीय समितिले पारित गरेको विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने माग राखेका छन् ।
यसअघि डा.गोबिन्द केसीसँगै इलाममा अनशनमा बसेका थापालाई झापाको भद्रपुर हुँदै सेनाको हेलिकोप्टरमा शुक्रबार काठमाडौं ल्यार्इएको थियो । त्रिवि शिक्षण अस्पतालले डा.गोविन्द केसीबिरुद्ध अनशन बसेका विद्यार्थी नेता थापालाई राख्न अस्वीकार गरेको थियो । तर सरकारको निर्देशनमा थापालाई शिक्षणमै भर्ना गरिएको थियो।

संयुतm संघर्ष समितीले सामाजिक अभियन्ता तथा विद्यार्थी विजय थापाको दोस्रो सत्याग्रहको निम्ती सम्पुर्ण सम्वन्धित निकायहरु पत्रकार बुद्दिजिवी,मानव अधिकारकर्मी,नागरिक समाज,राजनितिक दल बिभार्थी संगठन र आम नेपाली जनतालाई अपिल गररिएको छ । गत बर्ष पनि थापा गाँस बास कपास सहितको निशुल्क शिक्षा स्वास्थ्य र रोजजगारको माग राख्दै काठमाडौंको खुलामञ्चमा ५३ दिन सत्याग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्