भुपेन्द्रको ‘बैना’ माघ ११ मा

लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘बैना’ माघ ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा सुबाष मेचे, रञ्जिता लिम्बु, उदय सुब्बा, सुरबिर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, युमारानि लिम्बु, सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बिकाश चौधरीको संगीत, राजु किरातिको द्धन्द, कमल राइको नृत्य रहेको छ ।

भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको चलचित्र ‘बैना’लाइ हिमालि लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् । कथा, पटकथा, सम्बाद बिजय केरुङको रहेको चलचित्र ‘बैना’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताईन्छ ।

दिलप्रकाश याक्सो निर्देशित चलचित्र ‘बैना’ पूर्वाञ्चलका रमणिय स्थान दमक, धनकुटा, ईलाममा छायांकन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्