कोपा डेलरे : बार्सिलोना र सेभिल्ला भिड्दै

काठमाडौं / स्पेनिस फुटबल प्रतियोगिता कोपा डेलरेको क्वार्टरफाइनलको दोस्रो लेगमा आज रियल बेटिसले स्पान्योलसँग र बार्सिलोनाले सेभिल्लासँग खेल्दैछन ।

आजको पहिलो खेलमा १–१ को बराबरी खेलेका रियल बेटिस र स्पान्योलको खेल राति १२ः१५ बजे रियल बेटिसको घरेलु मैदानमा हुनेछ । आजको खेलको विजेताले नै अर्को चरणमा स्थान बनाउनेछ ।

आजको दोस्रो खेलमा यस प्रतियोगिताको सर्वाधिक ३० पटकको उपाधि विजेता बार्सिलोनाले सेभिल्लासँग खेल्दैछ । नेपाली समयअनुसार राति २ः१५ बार्सिलोनाको घरेलु मैदानमा क्याप नोउमा हुनेछ ।

आजको खेलमा बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । किनकी, यसअघिको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले सेभिल्लासँग २–० ले पराजय भोगेको छ । बार्सिलोनालाई सेमिफाइनलमा स्थान बनाउनका लागि कम्तिमा पनि ३–० को जित चाहिन्छ । यसैकारण पनि बार्सिलोनालाई आजको खेलमा मुख्य खेलाडीहरु मैदान प्रवेश गराउनु पर्ने बाध्यता छ ।

बार्सिलोनाले सार्वजनिक गरेको प्रारम्भिक खेलाडीको सूचीमा भने मेस्सीका साथै लुइस स्वारेज, फिलिपे कौटिन्हो, अर्थर, पिके, भिडालका साथै नयाँ खेलाडी प्रिन्सलाई पनि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्