डेनिस स्वारेजले बार्सिलोना छोडे

माघ १८ / बार्सिलोनाका युवा खेलाडी डेनिस स्वारेज आर्सनलबाटै खेल्ने पक्का भएको छ । स्पेनको राष्ट्रिय टोलीबाट जम्मा एक खेल मात्र खेलेका स्वारेजलाई लोनमा इंग्ल्याण्ड भित्र्याइने भएको छ ।

आर्सनलले स्वारेजलाई जारी सिजनको अन्त्यसम्मको लागि मात्र भित्र्याएको बताएको छ । बार्सिलोनासँगको सम्झौता सकिन अझै बाँकी रहेकाले लोनमा भित्र्याइएको भएतापनि पछि उनलाई आर्सनलमै थाई बनाउने योजनासमेत रहेको जनाइएको छ ।

बार्सिलोनालाई २ कोपा डेल रे, २ स्पेनिस कप र १ ला लिगा जिताउन महत्वपूर्ण भूमिका खेलेका स्वारेजले चाँडै आर्सनलबाट डेब्यू खेल खेल्नेछन् । जारी सिजनमा स्वारेजले ८ खेल खेल्दा २ गोल गरेका छन् । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्