शैलेन्द्र र छुल्ठिम अभिनित भिडियो सार्वजानिक

काठमाडौं, १८ माघ / पछिल्लो समय व्यावसाय, पत्रकारिता तथा समाजसेवामा रमाएका शैलेन्द्र थेबे आजकल रङ्गमञ्च तथा म्युजिक भिडियोमा छाउन थालेका छन् ।

सेवारो साप्ताहिक पत्रिका प्रकाशन गरिरहेका थेबे शिल्पी थिएटर, गोठाले नाटकघरका नवौ ब्याचका विद्यार्थी हुन् । थेबेको नयाँ म्युजिक भिडियो ‘धन्यवाद’ युट्युवबाट सार्वजानिक भएको छ । भिडियोमा थेबेको साथमा चर्चित नायिका छुल्ठिम गुरुङ र डानियल प्रधानले साथ दिएका छन् ।

छुल्ठिम गुरुङ रेडियो जक्कीको रुपमा प्रवेश गरेर हाल नायिका, कार्यक्रम प्रस्तोतादेखि चलचित्र निर्माणसम्मको कार्यमा संलग्न छिन् । उनले अभिनय गरेको नोभेम्बर रेन चर्चित चलचित्र हो भने डायरी हालै प्रदर्शनमा आएको छ ।

जीवनमा सन्तान थपिएपछि आइपर्ने आरोहअवरोहलाई समेटेर तयार पारिएको गीत धन्यवादमा कलाकारहरुले जीवन्त अभिनय गरेका छन् । यस गीतलाई चर्चित पत्रकार अनुशिल श्रेष्ठले लेखेका हुन् । गीत कल्याण सिंहको संगीत र विनोद मेक्खुको स्वरमा तयार भएको हो ।

गोपाल रसाइलीको एरेन्ज, उत्सव दाहालको छायांकन रहेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । पछिल्लो युवा पुस्ताका चर्चित म्युजिक भिडियो निर्देशक तथा भिजे सोनाम पाख्रिन निर्देशकसगैं कुशल अभिनेता पनि हुन । म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेका पाख्रिन बहुप्रतिभाका धनी हुन् ।

भिडियो हाइलाइटस् नेपालबाट सार्वजानिक भएको हो ।


प्रतिक्रिया दिनुहोस्