गीताको हङकङ चाइना –२ सार्वजानिक

काठमाडौं / हङकङमा रहेर नेपाली तथा लिम्बू गीत संगीतमा सक्रिय रहेकी गीता पालुङ्वाको नयाँ गीत युट्युवमार्फत सार्वजानिक भएको छ ।

यो गीत पालुङ्वाको चर्चित गीत हङकङ र चाइना दोश्रो भाग पनि हो । मनु नेम्बाङ र सुमन कुरुम्बाङको स्वर रहेको भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित हस्ती प्रेम सुब्बाले अभिनय गरेका छन् ।

सुब्बासँगै मनमाया आङबुहाङ पालुङ्वा, गीता पालुङ्वा, शैलेन्द्र थेबे, बबिता फोम्बो, रुपा आङबुहाङ, मेरिना चेम्जोङ, लक्ष्मी योङहाङ, प्रमिला लिम्बू, उदय वेघा, विवेक वेघा, अशेष योङहाङ, सागर खजुमलाई भिडियोमा देख्न सकिन्छ ।

लिम्बूहरुको प्रचलित धान नाचलाई मुख्यविन्दुमा राखेर बनाइएको गीतको कथामा फोनमार्फत पालाममा बात मारिएको दृश्य मार्मिक छ ।

भिडियो हाइलाइट नेपालबाट सार्वजानिक भएको हो । गीत पालुङ्वाको रचना, श्याम आङ्लाको एरेन्ज, अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् । यो भिडियो हाइलाइट नेपालबाट सार्वजानिक भएको हो ।


प्रतिक्रिया दिनुहोस्