मेस्सीको २ गोलको मदतले बार्सिलोना हारबाट जोगियो

बार्सिलोना / स्पेनिस ला लिगा अनतरगत शनिबार राति भएको खेलमा लियोनेल मेस्सीको दुई गोलको मदतले बार्सिलोनालाई भ्यालेन्सियासँगको हारबाट जोगाएको छ । बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको छ ।

बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनेल मेस्सीले गर्दै घरेलु मैदानमा बार्सिलोनाले २–० ले पछि परेको स्थितिमा उल्ट्याएर बराबरीको नतिजा निकालेको हो ।ड्यानियल पारेजोले गोल गरे ।

भ्यालेन्सियाका लागि रोड्रिगोको पासमा केभिन गेमेरियोले खेलको २४औं मिनेटमा भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३२औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । बार्सिलोनाका सर्जि रोबर्टोले ड्यानियल वासलाई बक्सभित्र लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । जसलाई ड्यानियल पारेजोले सदुपयोग गरे ।

३९औं मिनेटमा लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा ल्याए । ६४औं मिनेटमा मेस्सीले आर्टुरो भिडालले पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै बार्सिलोनाको २२ खेलबाट ५० अंक ब नाउ दै शीर्ष स्थानमा रहेको छ । एक खेल खेल्न बकी रहेको दोस्रो स्थानका एट्लेटिको मड्रिडसँग ६ अंकको अग्रता लिन सफल भएको छ । भ्यालेन्सिया ३० अंक जोडेर सातौ स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्