बुढाथोकी फिल्मसको ‘ब्वाइफ्रेण्ड’ आउने पक्का

काठमाडौ, २१ माघ । बुढाथोकी फिल्मस प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र ‘ब्वाइफ्रेण्ड’को हालै पोष्टर, गीत र प्रदर्शन तिथि सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरि फागुन १० गतेबाट चलचित्र ब्वाईफ्रण्ड देशभर एक साथ प्रदर्शनमा आउने जानकारी प्रस्तुतकर्ता सूर्य बुढाथोकीले गराएका छन् । कृष्ण खनाल निर्माता रहेको यस चलचित्रमा सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे, सहनिर्देशक जिवन गौतम हुन् भने व्दन्द शंकर महर्जन, संगित टंक बुढाथोकी, नृत्य पुनम राई, निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठको रहेको छन् ।


प्रतिक्रिया दिनुहोस्