नायिका रन्जिता लिम्बुद्वारा अभिनित ‘मेरो सपना’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं २५,माघ / नायिका तथा मोडल रन्जिता लिम्बुद्वारा अभिनित ‘मेरो सपना’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

लिम्बुकै अफिसियल युटुब च्यानलबाट भिडियो सार्बजनिक भएको हो । नेपाली कथानक चलचित्र बैना बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी रन्जिताले सुन्दर अनि एक सरल,मिलनसार कलाकारको परिचय दिन सफल भएकी छिन् ।

यस म्युजिक भिडियोमा रन्जिता लिम्बु र गायक तथा सङितकार मोहन मादेनको दमदार अभिनय रहेको छ। यो भन्दा अगाडी मोडल तथा नायिका लिम्बुले धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् ।

यस म्युजिक भिडियोलाई दिनेश माङमुले निर्देशन गरेका छन् । यसैगरि रचना, गायन र म्युजिक मोहन मादेनको रहेको छ भने एरेन्ज राजकुमार बगरको रहेको छ । छायांकन र सम्पादन भने मगराज मग्रातीको रहेको छ।

भिडियो


प्रतिक्रिया दिनुहोस्