फागुण १० देखि देशभर फिंगरप्रिण्ट प्रदर्शनमा आँउदै

काठमाण्डौ, २४ माघ । चलचित्र फिंगरप्रिण्ट फागुण १० गते देखि देशभर प्रदर्शनमा आउने भएको छ । हालै गीत र पोष्टर सार्वजनिक भएको चलचित्रमा राज क्षितिज, दिपक त्रिपाठी, आयुष्मा कार्की, सरिता लामिछाने, रमेश बुढाथोकी, शंकर आचार्य, रश्मि भट्ट आदि कलाकारको अभिनय रहेको छ ।

फिंगरप्रिण्टमा नबिन निरौलाको लेखन निर्देशन रहेको छ । चलचित्रका निर्माता अनिल श्रेष्ठ ‘रोमन’ हुन भने सहायक निर्मातामा शंकर आचार्य र अनिल श्रेष्ठ रहेका छन् ।

अर्जुन पोख्रेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन गरेको छ भने यस चलचित्रलाई राहुल राईले खिचेका हुन् । चलचित्र कामना फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।


प्रतिक्रिया दिनुहोस्