दूरी घटाउन ओली दाहालबीच बालुवाटारमा भेट

काठमाडौं / भेनेजुएला राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा भेनेजुएलासम्बन्धि विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरण विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

‘दुई अध्यक्षका फरकफरक धारण सार्वजनिक भएपछि त्यसले पार्टीभित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेको बेला दुई अध्यक्षको भेटले सार्थकता रुप लिएको छ’ बालुवाटार स्रोतले भन्यो । स्रोतका अनुसार पार्टीभित्रकै नेताहरुले दुई अध्यक्षका भनाईलाई आआफ्नो तरिकाले व्याख्या गर्न थालेका थिए । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्