हिमपातका कारण मनाङमा तीन सातादेखि ढुवानी ठप्प, खाद्यान्न अभाव

काठमाडौं माघ २७ / तीन सातादेखि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा मनाङको जनजीवन कष्टकर बनेको छ। हिमपातले सडकमा खसेका ढुंगा, ढालेका रूख पन्छाउन नसक्दा तीन सातादेखि मनाङमा खाद्यान्नलगायत कुनै पनि सामग्री ढुवानी हुन सकेको छैन।

मनाङको चामे गाउँपालिका(३, माडामा हिउँ पन्छाउँदै सुरक्षाकर्मी।

हिमपातसँगै मनाङमा सवारी आवागमन ठप्प भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए।उनका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोलानजिकैको सडकमा ठूलो ढुंगा खसेपछि अवरुद्ध भएको छ।

ढुवानी रोकिएसँगै मनाङमा खाद्यान्न अभाव भएको छ। चामेकी मेलिना गुरुङले बजारमा खाद्यान्न पाउन छाडेको बताइन्। ‘हिउँले बाटो रोकियो । अहिलेसम्म खुलेको छैन । तिमाङबाट यता गाडी आएको छैन,’ उनले भनिन्। आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छापिएको छ।


प्रतिक्रिया दिनुहोस्