भ्यालेंटाइन डे माँ प्रमोद खरेलको नया गीत

विश्व प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे विश्व भरिनै मनाई बेला यसै प्रेममय अवसर पारेर लामो समय देखि नेपालि कला(संगीतमा लागिपरिरहेका संगीतकार तथा निर्देशक राज्य राइ देमिनले ” आइ लाभ यु “बोलको एउटा युगल प्रेमगीत अनलाइन युट्युव मार्फत भ्यालेन्टाइन डे एकदिन अगाडि सार्वजनिक गरेको छ ।

पछिल्लो समय विश्व लगाएत नेपालमा पनि अनलाइन युट्युव मार्फत गीतरभिडियो सार्वजनिक गर्ने चलन बढेको छ । यस गीतको गीतकार चर्चित युवा गीतकार प्रकाश दुमी राइ हुन् भने स्वर प्रमोद खरेल र मेनुका राइले दिएको हो । जुन “आइ लाभ यु ” गीतको म्युजिक भिडियोमा अजीत राइ र शेशुका राइले रोमान्स गरेका छन् ।

जसलाई छायांकन शन्देश राइले गरेको छ । संचारकर्मीको कथामा पृथक तरिकाले प्रस्तुत गरिएको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका छन् ,जुन गीतलाई ‘आजको मिडिया प्रालि ‘ल्याएको छ। लामो समयपछि आफ्नो संगीतमा राज्य राइ देमिनले ल्याएको यस गीतको निर्देशन पनि आफैले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्