हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’


काठमाडौं, ३ फागुन / नेपाली साहित्यिक श्रेत्रमा चर्चित स्रष्टा सुबिसुधा आचार्यले नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ लिएर आएकी छन् ।

पाक्षिक रूपमा श्रृष्टि किड्र्स टिभिबाट प्रशारण हुने यस श्रृंखलामा लेखन, निर्देशन सुबिसुधा आचार्य स्वयंको रहेको छ । लामो समय देखि सुबिसुधा संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फेडरिक्सवर्ग शहरमा बस्दै आएकी छन् ।

अमेरिका र अमेरिकामा रहेका नेपालीहरूको वास्तविकता सबै सामू ल्याउन नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ निर्माण गरेको सुबिसुधाले बताईन । सुबिसुधा, भिम दाहाल, एकान्त मगर, सृष्टि आचार्य, अर्पना पोख्रेल, सनि सुनवार, मायाँ तामाड, एलेन, मोतिराम लगायतको अभिनय रहेको हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ का प्रोडक्सन म्यानेजर केशव आचार्य हुन् ।


प्रतिक्रिया दिनुहोस्