याम्पियन्स लिग : बार्सिलोना,लियोन र लिभरपुल,म्यूनिख भिड्दै

काठमाडौं / युरोपिएन प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज ४ टोली आमने–सामने हुने भएका हुन् ।

आजको पहिलो खेलमा स्पेनिस महारथि समूह ‘बी’को विजेता टोली बार्सिलोना र फ्रेन्च क्लब समूह ‘एफ’को उपविजेता टोली लियोनले प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समयअनुसार राति १ः४५ बजेदेखि लियोनको घरेलु मैदानमा हुनेछ ।

आजको खेलमा दुवै टोलीले जित निकाल्दै उपाधि होडमा आफूलाई बलियो साबित गर्न खोज्नेछन् । स्पेनिस ला लिगामा आफ्नो पकड जमाइरहेको बार्सिलोना लियोनलाई हराउने योजनामा छ । लियोन पनि घरेलु मैदानमा कुनैपनि हातलमा बार्सिलोनालाई रोक्ने प्रयत्नमा रहनेछ ।

यस्तै आजको दोस्रो खेलमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्यूनिख प्रतिस्पर्धामा छन् । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुने यस खेल राति १ः४५ बाट नै सुरू हुनेछ ।

लिभरपुल समूह ‘सी’को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने बायर्न समूह ‘ई’को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।


प्रतिक्रिया दिनुहोस्