सिचाई डिभिजन कार्यालय ताप्लेजुङकी सामाजिक परिचालकको दुर्घटनामा मृत्यु


ताप्लेजुङ ७, फागुन / ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना भने गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार इलाम घर भइ सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ बर्षीया सृजना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए।

घाइते मोटरसाइकल चालक पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङ निवासी २६ बर्षीय अमिर बर्देवाको ताप्लेजुङ अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको छ । फुङलिङ बजारस्थित तमोर एफएम छेउवाट मेचि राजमार्ग तर्फ जाने क्रममा ना.२१ प. ५६२८ को मोटरसाइकल सडकबाट मेचि राजमार्गमा खसेर दुर्घटना भएको हो ।

मृतक गुरुङ सिचाई डिभिजन कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक हुन् भने वर्देवा नृत्य प्रशिक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्