ताप्लेजुङ सेवा समाज युएईद्धारा मृगौला पीडित लिम्बुलाई तीन लाख सहयोग

काठमाडौं, ११ फागुन । ताप्लेजुङ सेवा समाज, युएईले मृगौला पीडित छत्रध्वज वनेम लिम्बुलाई सहयोग गरेको छ ।

ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका वडा नं। ५, फाकुम्बा निवासी ३७ वर्षिया लिम्बुको उपचारर्थ समाजले तीन लाख २२ हजार छ सय १५ रुपैया९रु,३,२२,६१५० हस्तान्तरण गरेको हो ।
समाज, युएईले संकलन गरेको रकम काठमाण्डौमा हालै नव गठीत ताप्लेजुङ सरोकार समाज मार्फत शनिबार बिरामीलाई हस्तान्तरण गरेको हो ।

रकम नवगठित ताप्लेजुङ सरोकार समाज, काठमाडौंको कार्यालय धुम्बाराही काठमाडौंमा समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफेले एक कार्यक्रमका विच बिरामी लिम्बूलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष तुम्बाहाङफेले ताप्लेजुङ समाज सेवा–यूएई का अध्यक्ष सोनी भण्डारी, महासचिव भुवानी मङमु र संयोजक गज बहादुर वनेम लगायत सम्पूर्ण सहयोगदाता धन्यवाद ज्ञापन गर्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्


प्रतिक्रिया दिनुहोस्