साङ्गे छ्योलिङ गुम्बा शिलान्यास कार्यक्रम सम्पन्न (३५ तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, ४,फाल्गुन । ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका वडा नम्बर २ ठाम्टार स्थित साङ्गे छ्योलिङ गुम्बाको शनिबार एक समारोहका बीच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी जनजाती महासंघका पूर्व अध्यक्ष तथा पूर्व सभासद पासाङ शेर्पा साथै अतिथी धर्म गुरु थुप्तेन जिग्डोल लामाले भूमिपूजन गरि संयुक्तरुपमा शिलान्यास गरेका हुन। कार्यक्रममा स्थानिय जनताको उत्साहजनक उपस्थिती रहेको कार्यक्रम संयोजक ग्याम्जु शेर्पाले जानकारी दिए । यो गुम्बा शिलान्यास देखि उदघाटन सम्म नैतिक भौतिक, आर्थिक रुपमा भरपुर सहयोग गर्ने प्रमुख अतिथि पासाङ शेर्पाले प्रतिबद्धता जनाउनु भयो ।

सडक नभएको कारण गुम्बा निर्माण गर्दा सामान ढुवानी गर्न समस्या हुने भएकोले चाडो भन्दा चाडो सडक निर्माणमा पहल गर्न गाउँपालिका प्रमुख वडा पालिका प्रमुख आम बुद्दिजिवी सबैलाई अपिल गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख वडापालिका प्रमुखहरु उपस्थित नभएपछि आक्रोशित हुँदै प्रमुख अतिथि शेर्पाले हिजो पनि शेर्पाहरुलाई हेप्दै आउनु भयो,फेरी आज पनि यहाँ आएको देख्दिन, तपाईहरु अरु जातको मात्र अध्यक्ष हो की ? शेर्पाको पनि अध्यक्ष हो ? तपाईहरुले अरु जातको भोटले मात्र जित्नु भयो की ? शेर्पा जातको भोटले जित्नु भयो ? अनि शेर्पाले गुम्बा बनाउँछु भन्दा तपाईहरु नआउने प्रश्न गर्दै ,भगवान बुद्ध, शेर्पा गुरुङ तामाङको मात्र नभएर बिश्वको शान्ति दुत भएकोले ताप्लेजुङ जिल्लामा एउटा राम्रो गुम्बा निर्माण गर्नका लागि सहयोग गर्न सबै जातीहरुलाई अनुरोध गरे ।
साङ्गे छ्योलिङ गुम्बा ताप्लेजुुङ जिल्लाकै एक नमुना गुम्बाको रुपमा स्थापना गर्ने कार्यक्रम संयोजक ग्याम्जु शेर्पाले बताए ।

फोटो : लोकेश लिबाङ


प्रतिक्रिया दिनुहोस्