आमाको कुटाइबाट नाबालिका छोरीको मृत्यु

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आफ्नै आमाको कुटाइबाट नाबालिका छोरीको मृत्यु भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँबा घर भई हाल सदरमुकाम फुङ्लिङबजारको रिजाललाइनमा डेरी गरी बस्ने ३२ वर्षीया पूजा चेम्जोङ लिम्बूको कुटाइबाट चार वर्षीया छोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गत शुक्रबार लिम्बूको कुटपिटबाट गम्भीर घाइते भएकी नाबालिकाको इलाम जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यता नाबालिका छोरीको हत्या गर्ने आमा पूजालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर हाल काकुनी कारबाही अघि बढाएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार भने निर्दयी आमाले छोरीलाई कुटपिट गर्दै उचालेर भुइँमा पछारेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्