भारतले पाकिस्तानमा गरेको हमलाकोे समर्थनमा वीरगञ्जमा प्रदर्शन

काठमाडौं १४ फाल्गुण / भारतले पाकिस्तानको भूमिमा बम हानेकोमा समर्थन गर्दै मंगलबार वीरगञ्जमा प्रदर्शन भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको भातृसंगठन राष्ट्रिय बिद्यार्थी संघ र राष्ट्रिय युवा संघ पर्साको आयोजनामा प्रदर्शन भएको हो । जिल्ला प्रहरी कार्यालय अगाडी लालवगंलाबाट निस्केको जुलुशले वीरगञ्जको बिभिन्न भागको परिक्रमा गरि कोणसभामा गरेको छ ।

आंतकवाद विरुद्धको लडाईको समर्थनमा रहेको राजपाका महासचिव राजेशमान सिंहले बताए । प्रदर्शनमा राजपाका प्रेमबाबु पटेल, उमेशलाल सहनी, मिनु ठाकुर लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्