विश्वका चर्चित क्रिकेटरलाई उछिन्दै वेस्टइन्डिजमा सन्दीपले जिते ‘ब्रेक थ्रु स्टार’ अवार्ड

काठमाडौं, १४ फागुन । विश्वका चर्चित क्रिकेटरलाई उछिन्दै नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिजमा ‘ब्रेक थ्रु’ अवार्ड जितेका छन् । वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग ९सिपिएल० अन्तर्गत ‘ब्रेक थ्रु स्टार’को अवार्ड जि तेका हुन् ।

गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्ड अन्तर्गत सन्दीप पर्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आब द्ध भएका थिए ।

पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए ।अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् ।

उनि आबद्ध भएका विदेशी लिगमा आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्टइन्डिज), एपिएल (अफगानिस्तान), टी–१० (युएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान) छन् ।


प्रतिक्रिया दिनुहोस्