ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पयर्टनमन्त्री अधिकारी सहित ६ जनाको मृत्यु

काठमाडौं, १५ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थलतर्फ उद्धारका लागि प्रहरी टोली हिंडेको छ ।

ताप्लेजुङको पाथिभरा नजिक ठूलो आवाजसहित आगो बलेको सूचना स्थानीयले दिएपछि आफूहरु उद्धारका लागि दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताएका छन् ।
एयर डाइनेस्टीको हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार भएको जनाइएको छ । स्थानिय बासिन्दाका अनुसार हेलिकोप्टर जलेर टुक्रा टुक्रा भएको जनाइएको छ ।

हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत रहेका थिए भने हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए । हेलिकोप्टर काठमाडौंबाट मंगलबार बिहान साढे ८ बजे उडेको थियो । अहिले दुर्घटननकोबारेमा बालुवटारमा मन्त्रिीपरिषतको बैठक जारी छ भने सिंहदरबारमा पनि सुरक्षा प्रमुखहरुको पनि बैठक जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्