खराब मौसमकै कारण हेलिकप्टर दुर्घटनामा दुई मन्त्रीसहित २९ जनाको ज्यान गयो

काठमाडौं १५ फागुन, । एअर डाइनेस्टीको एएस ३५० हेलिकप्टर बुधबार मध्यान्ह साढे एक बजे ताप्लेजुङको सिस्नेमा दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ ।

दुर्घटनामा परेर मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गएको छ ।

गृह मन्त्रालयका अनुसार हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

१२ वर्ष अघिताप्लेजुङमा भएको अर्को हेलिकप्टर दुर्घटनाको कारण पनि खराब मौसम नै थियो । सदरमुकाम फुङलिङबाट अढाइ दिनको पैदल दूरीमा टाढाको घुन्सा दुर्घटनाबारे छानबिन गर्न पुरावेदन अदालत पाटनका तात्कालीन मुख्य न्यायाधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा गठित सात सदस्यीय कार्यदलले मौसमी खराबले हेलिकप्टर दुर्घटना भएको निश्कर्ष निकालेको थियो ।

पण्डित कार्यदलले १८ मंसिर २०६३ मा बुझाएको प्रतिवेदन अनुसार दुर्घटनाका बेलामा ताप्लेजुङमा बादल लाग्ने र छिनछिनमा हल्का वर्षा भइरहेको थियो । घुन्सा क्षेत्रको भिजिबिलीटी पनि प्रष्ट थिएन । स्थानीय मौसमको ख्याल नगरी उडान भर्दा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

७ असोज २०६३ मा घुन्सामा भएको दुर्घटनामा परेर तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई सहित २४ जनाको ज्यान गएको थियो । मृतक मध्ये १६ जना नेपाली र आठ जना विदेशी नागरिक थिए ।

हेलिकप्टरमा मन्त्री राईकी श्रीमती मीना राई, भूगोलविद डा। हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा। दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल सवार थिए ।

त्यस्तै विश्व वन्यजन्तुकोषका नेपाल प्रतिनिधि डा। चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय श्रेष्ठ, दावा शेर्पा, यशी लामा, मिङमानोर्बु शेर्पा, डा। जील बाउलिङ, जेनीफर हेडली, माथीउ प्रिस लगायत थिए ।
अनलाईल खबरबाट


प्रतिक्रिया दिनुहोस्