खानेपानी संस्थानलाई सशक्त बनाउनुहोस् : खानेपानी मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिनुभएको छ ।

नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ उचाईमा पु(याउन नयाँ कार्ययोजना सहित अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संस्थानले आफ्नो उपस्थिति बजारमा एक छत्र बनाओस् । यहाँहरु सबैले सामान्य कार्ययोजना होईन, ठूलो सपना देखेर अघि बढ्नुहोस् । संस्थानको कर्मचारी हुँ भन्नेमा गर्वानुभूति हुने गरी काम गर्नुहोस् ।”

संस्थानले आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । संस्थानप्रति आफू आशावादी रहेको उहाँको भनाई छ । संस्थानको भूमिका बढाउन मन्त्रालय सधैं तयार रहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्