हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव केहिबेरमै काठमाडौँ पठाउने तयारी

अरुणपोष्ट सम्वाददाता
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ । हिजो रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो ।

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अब केहिबेरमै काठमाडौँ पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्