मिक्वाखोला सहयोग समितीको अध्यक्षमा हरि थलङ निर्विरोध

काठमाडौं १८, फाल्गुन । मिक्वाखोला सहयोग समिति, काठमाडौंको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

माननीय संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंको धुम्बाराहीस्थित सूर्य क्याटरिङमा सम्पन्न प्रथम साधारणसभाले हरि प्रसाद थलङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र्नििवरोध चयन गरेको हो । कार्यसमितिका बाँकी ४ जना सदस्य मनोनयन गर्ने अख्तियारी नवगठित कार्यसमितिलाई प्रत्यायोजन गरेको नवनिर्वाचित महासचिव निरोज लिबाङले जनकारी दिए । कार्यक्रममा पूर्व माननीय प्रतिनिधिसभा सदस्य ओमप्रसाद ओझा, माननीय प्रदेशसभा सदस्य होमकुमारी साँबा, ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँबा, ताप्लेजुङ समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाङफे,ताप्लेजुङ युवा समाजका अध्यक्ष मुक्ति लाबुङ लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी माननीय संविधानसभा सदस्य पासाङ शेर्पाले मिक्वाखोलाबासीहरु एक हुनुपर्ने र मिक्वाखोला गाँउपालिका क्षेत्रको बिकाशको लागि आफ्नो ठाँउबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । साधारणसभाले संस्थाका वार्षिक प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन, वार्षिक कार्यक्रम तथा बजेट र विधान संशोधन सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । कार्यसमितिको नवनिर्वाचित पदाधीकारीहरुको नामावली यसप्रकार छ ।
अध्यक्षः श्री हरि प्रसाद थलङ
उपाध्यक्षः श्री बलबहादुर घले
उपाध्यक्षः श्री ग्याम्जो शेर्पा
उपाध्यक्षः श्री निर्मल लिबाङ
उपाध्यक्षः श्री मान बहादुर थलङ
उपाध्यक्षः श्री मिङमा डण्डुृ शेर्पा
महासचिवः श्री निरोज लुङखिम्बा
सचिवः श्री देवी प्रसाद गिरी
सचिवः श्री तिर्थ बस्नेत
सचिवः श्री लोकेन्द्र लिबाङ
सचिवः श्री तुलसासेवी खड्का ९शेर्पा०
सचिवः श्री सोनु शेर्पा ९तिवारी०
कोषाध्यक्षः श्री मिङमा कामी शेर्पा
सदस्यः श्री प्रकाश कार्की
सदस्यः श्री सलमान थलङ
सदस्यः श्री पूण्यप्रसाद ओझा
सदस्य श्री सबिन श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्