क्यान्सर पीडित साँबालाई ताप्लेजुङ युवा समाजको आर्थिक सहयोग

काठमाडौं २३ फाल्गुन / ताप्लेजुङ मिक्वाखोला – ४ साँबा घर भई हाल धरान – ५ देराली निवासी पुर्णहाङ साँबालाई ताप्लेजुङ युवा समाज काठमाडौंले रु १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एयरपोर्ट स्थित म्यान पावर बजारको नमस्ते सेवारो ट्राभल्समा संस्थाको कोषाध्यक्ष मिङ्मा डन्डु शेर्पा , महासचिव निरोज लिबाङ , अनुशासन विभाग प्रमुख धननजित साँबा र सांस्कृतिक विभाग प्रमुख दावा छिरिङ शेर्पाले सहयोग प्रदान गरेका हुन ।
युवाहरुसंग धन नभए पनि मन छ , सबै कुरा धन होईन त्यसैले अलिकती भए पनि आफ्नै युवाहरुको गोजिबाट खाजा खाने खर्च कटाई बिरामीलाई केही प्रोत्साहन दिलाउन युवाहरुले मनैबाट सहयोग गरेको समाजका महासचिव निरोज लिबाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्