ताप्लेजुङका ९ वर्षीय ब्लड क्यान्सर पिडितलाई इजरायल बाट आर्थिक सहयोग


काठमाडौं / ताप्लेजुङ मेरिङदेन – ६ नाल्बुका ब्लड क्यान्सर पिडित ९ वर्षीय सोनाम शेर्पाको उपचारका लागि इजरायलबाट दुई लाख २३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।


इजरायलबाट सन्तोश लिबाङ्ग, पेम्बा शेर्पा र निम्दिकी शेर्पाको नेतृत्वमा आएको सहयोग शनिबार अरुण पोस्टको कार्यलयमा विशेष कार्यक्रम गरी शेर्पा संरक्षण समाजका अध्यक्ष सांगे शेर्पा र ताप्लेजुङ सरोकार समाजका उपाध्यक्ष इन्द्र शेर्पाको हात बाट दुई लाख २३ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्त्त्ररन गरिएको छ ।

काठमाडौंको बसुन्धाराको सानो कोठा भाडामा लिएर छोराको उपचारमा लागेका बुवा पेम्वा आफूसँग भएको सबै रकम छोराको उपचारमा सकेको, थप दुई लाख ऋण लिएको, अहिलेसम्म ९ लाख भन्दा बढी खर्च भइसकेको बताएका छन । ।

ज्वरो एक्कासी बढेपछि थलिएका सोनाम ८ महिना देखि कन्ती बल हस्पिटलमा उपचाररत छन् । सोनामको अझै निरन्तर तीन वर्षसम्म किमो दिनु गर्नु पर्ने डाक्टरले बताएका छन । महिनामा १२ पटक किमो दिइसकिएको छ ।


छोरा बचाउन अहिले यी दम्पत्तिले आफ्नो घरबास नै छोडेर काठमाडौंमै सहयोगको अपील गर्दै भौतारिरहेका छन् । सोनामको अपील म बाँच्न चाहन्छु, सहयोग गरिदिनुस् ।

तीन वर्षसम्म उपचारको लागि लाखौं रक खर्च जुटाउनु पर्ने भएकोले यति बेला बुवाआमा मात्र होइन सोनाम आफैंले सामाजिक सञ्जालमा आफू बाच्न चाहेको भन्दै सहयोगका लागि अपील गरेका छन् । उनले भनेका छन , सहयोग गरिदिनुस्, म बाँच्न चाहन्छु ।

क्यान्सर पीडित बालक सोनाम शेर्पाले सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन् । सोनामलाई सहयोग गर्न चाहनेहरुका लागि सोनामका बुवा पेम्बा शेर्पाको मोबाइलनम्बर ९८४१५०३२२४ र अभियानकर्ता इन्द्र शर्माको मोबाइलनम्बर ९८४१५०३२२४ मा सम्पर्क गर्न सकिन्छ ।

साथै बालक सोनाम शेर्पाकै नामबाट खोलिएको हिमालयन बैकको खाता नम्बर ००२०७६९८०००११ रहेको छ ।

https://www.youtube.com/watch?v=x5zqD0H86Ew&t=218s


प्रतिक्रिया दिनुहोस्