सरकार विरुद्ध १० विद्यार्थी संगठनहरु एक ठाँउमा चैत्र १५ मा सरकार विरुद्ध बिरोध सभा गर्दै

काठमाडौं फाल्गुन २८
सरकारलाई विभिन्न छ बुदे माग राख्दै सयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ। यदि मागलाई बेवास्ता गरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिने सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनको तयारी रहेको छ।

सोमबार अनेरास्ववियु पाचौंको केन्द्रिय कार्यलय रातो पुलमा बसेको बैंककले तत्काल स्ववियुको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन बिश्वबिद्यालयलाई माग गर्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा त्रिभुवन बिश्वबिद्धालयको नियम बिपरित प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत हुन लागेको स्ववियु निर्वाचनलाई तत्काल स्थगित गर्न पनि माग गरेको छ। बैठकले राष्ट्रियता माथी धावा बोल्दै आएको केपि ओलि सरकार र सिके राउत नेतृत्वको संगठनका विरुद्ध संघर्ष गर्न आम जनसमुदायलाई अपिल पनि गरिएको छ।

दस विद्यार्थी संगठनका प्रमुखहरुको हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा वाइडवडि भ्रष्टाचार, एनसिएलको कर छली, सुन कान्ड र बलात्कार पछि हत्या भएको निर्मला पन्तको न्यायका लागि संघर्षका निम्ति सबैलाई तयार रहन पनि आग्रह गरेको छ। गण्डकी मेडिकल कलेजमा भएको भ्रष्टाचार छानबिन गरेर विद्यार्थी जायज माग सम्बोधन गरेर विद्यार्थी हरुलाई पठनपाठनमा सहभागी हुने बातावरण बनाउन पनि बैठकले सरकार सँग माग गरेको छ।

कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा भएको अनियमिताको छानबिन गर्न पनि सरकार सँग सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनले माग गरेको छ। राजनैतिक आन्दोलनमा क्रियाशिल नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको माओवादी र थारु समुदायको आन्दोलनका जायज मागलाई बार्त र संवादको माध्यमबाट राजनीतिक रुपमै समाधान गर्न बैठकले सरकार सँग माग गरेको छ।

राष्ट्रिय, जनजिबिका,भ्रष्टाचार, शैक्षिक सरोकार र सरकारका गलत क्रियाकलापहरुका बिषयहरु सँग सम्बन्धित रहेर आउदो चैत्र १५ गते बसन्तपुर डबलीमा सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनका मातृ पार्टीका शीर्ष नेताहरूको उपस्तिथिमा विद्यार्थी बिरोध सभा आयोजना गर्ने पनि उल्लेख गरिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिए।

बिज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु पाँचौ,अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन,समाजवादी विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रवादी विद्यार्थी संघ र अखिल क्रान्तिकारीका प्रमुखहरु क्रमशः ऋषिकेश जंग शाह,घनस्याम मिश्र, चिरञ्जीवी ढकाल,श्यामबाबु गौतम,बिबेक राई, चिरञ्जीवी यादव, प्रविन मिश्र, दुजाङ शेर्पा,तारा प्रसाद अर्याल र सुन्दर रायमाझीको हस्ताक्षर रहेको छ।


प्रतिक्रिया दिनुहोस्