प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, फागुन २७ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्तनपान कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयले आफ्ना बच्चासहित सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी कार्यालय परिसरमा स्तनपान कक्ष स्थापना गरिदिएको हो ।

कार्यालय परिसरमा स्तनपान कक्षको व्यवस्था गरी दिएपछि सेवा लिन आएका सेवाग्राहीलाई सहज भएको सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले बताउनुभयो । सहायक प्रजिअ राईका अनुसार अहिले स्तनपान कक्षभित्र बसेर आफ्ना बच्चालाई स्तनपान गराउन आमाहरुलाई सजिलो भएको छ ।
जिल्ला प्रशासन कार्यालय परिसरमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने गृह मन्त्रालयकै कार्यक्रम अनुसार यहाँ स्थापना गरिएको सहायक प्रजिअ राईको भनाइ छ । उहाँका अनुसार प्रशासन कार्यालयमा स्तनपान कक्ष, सेवाग्राही प्रतीक्षालय, सफा शौचालय लगायत अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्