प्रतिबन्ध लगाउनुको साटो विप्लवलाई राजनीतिक मूलधारमा ल्याउनुपर्छ : वरिष्ठ नेता पौडेल

कपिलवस्तु । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नं २ ले यशोधरा गाउँपालिकामा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले विप्लव समूहलाई सहमतिमा ल्याउने मुख्य जिम्मेवारी सत्तारुढ दलका नेता पुष्पकमल दाहालकै रहेको बताए ।

सो अवसरमा नेता पौडेलले सिके राउतले विखण्डनकारी निति अझै नछोडेको भन्दै सिके राउतले सरकारलाई नराम्ररी झुक्याएको आरोप लगाए ।
रासस


प्रतिक्रिया दिनुहोस्