घुन्सामा स्वास्थ्य चौकी बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाको १० लाख सहयोग

काठमाडौं, १ चैत । नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरले स्वास्थ्य चौकीे भवन निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अमेरिकास्थित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिती नर्द क्यालिफोर्नियाले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको लेलेप घुन्सामा निर्माणधीन स्वास्थ्य चौकीको भवन निर्माणका लागि १० लाख आर्थिक सहयोग उपलब्ध गराएको हो ।

सुदुर पूर्वको विकट जिल्लाको विकट ठाउँको रुपमा चिनिएको घुन्साका नागरिकमा स्वास्थ्य पहुँच पु¥याउने उद्देश्यले संकलित १० लाख रुपैंयाँ शुक्रबार धुम्बाराहीस्थित ताप्लेजुङ समाज नेपालको कार्यलयमा एक कार्यक्रम गरी हस्तान्तरण गरे ।
च्याप्टरका सभापति पूर्ण शेर्पाको नेतृत्वमा संकलित रकम घुन्सा फाउण्डेसनका अध्यक्ष तथा सामाजिक अभियान्ता याङजोङ शेर्पालाई हस्तान्तरण गरियो । स्वास्थ्य चौकी घुन्सा फाउण्डेशनको अगुवाइमा निर्माण भइरहेको छ ।

वक्ताहरुले अमेरिकामा बसेर ग्रामीण क्षेत्रको नागरिकको स्वास्थ्यको चासो राख्ने काम सराहनीय रहेको बताउँदै स्वास्थ्य चौकी निर्माणपछि घुन्सा लेलेपका सर्वसाधरणले सामान्य उपचारका लागि ठूलो खर्च गरी अन्यत्र जानुपर्ने वाध्यता हट्ने बताए । यस्तै क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा र घुन्सा फाउण्डेसनका अध्यक्ष याङजोङ शेर्पाबीच यस्ता संस्थागत हितका कार्यलाई सदैव निरन्तरता दिने समेत प्रतिवद्धता भएको छ ।
स्वास्थ्य चौकीको लागि यसअघि इमेराल्ड ग्रुप हस्पिटेक इन्टरप्राइजेजका विशाल पडिण्तले १३ लाख बराबरको आवश्यक मेडिकल सामाग्री र तनहुँको माननीय किसान श्रेष्ठको सिमरास्थित क्लासिक म्याट्रेस फक्याट्रीबाट आवश्यक मेट्रेस सहयोग गरेको घुन्सा फाउण्डेसनका अध्यक्ष शेर्पाले बताइन् ।

नेपाली कांग्रेस ताप्लेजुङको संयोजनमा भएको कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस ताप्लेजुङका निवर्तमान सभापति केशवप्रसाद दाहालले गरेका थिए । नेका महाधिवेशन प्रतिनिधि तथा ताप्लेजुङ समाजका उपाध्यक्ष युवराज गुरुङले सहजीकरण गरेको रकम हस्तान्तरण कार्यक्रममा जिल्ला सचिव छवी गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य तथा पूर्व सांसद पासाङ शेर्पा विशिष्ट अतिथि एनआरएन क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पुर्ण बानियाँ, ,ताप्लेजुङ समाजका महासचिव अग्नी पौडेलले आफ्ना विचार राखेका थिए । यसैगरी नेपाली कांग्रेस पूर्वमहाधिवेशन प्रतिनिधि, ताप्लेजुङ काठमाडौँ सम्पर्क समिती नेपाली कांग्रेसका पूर्व संयोजक तथा ताप्लेजुङ समाज नेपालका उपमहासचिव तिल प्रसाद सुब्बा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्