मृगौला पिडित वनेमलाई युके र कोरियाबाट आर्थिक सहयोग

काठमाडौं ३ चैत । ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका ५ फाकुम्बा निबासी मृगौला पिडित छत्रध्वज वनेमलाई युके र दक्षिण कोरिया बाट आर्थिक सहयोग प्राप्त भएको छ । शनिबार धुम्बाराहीस्थित ताप्लेजुङ समाज नेपालको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त रकम हस्तान्तरण गरिएको हो ।

सुर्यमान वनेम लिम्बुको संयोजकत्वमा दक्षिण कोरिया बाट १,७८,१०३ एक लाख अठहत्तर हजार एकसय तिन रुपैयाँ त्यसैगरि चन्त वनेम लिम्बुको संयोजकत्वमा युकेबाट २,९४,८०० दुई लाख चौरानब्बे हजार आठ सय रुपैयाँ प्राप्त रकम मृगौला पिडित छत्रध्वज वनेमलाइ ताप्लेजुङ समाज नेपालका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफेले हस्तान्तरण गरेका हुन ।

विरामीको आर्थिक सहयोगको लागि कोरियाका सक्रिय युवाहरुले सुर्यमान वनेम लिम्बु संयोजक उप संयोजक मोहन वनेम लिम्बु सदस्यहरु बसन्त वनेम लिम्बु,सन्तोष वनेम लिम्बु ुबिशाल थोप्रा्र लिम्बु, पन्तु लिम्बु रहने गरि एक समिति बनाई आर्थिक अभियान चलाएका थिए । त्यसैगरि युकेमा पनि संयोजक चन्त वनेम लिम्बु सदस्यहरु लोकेन्द्र तबेबुङ,मोतीमाया वनेम,दिल बहादुर वनेम गौरिम्बा सहितको समिती बनाई आर्थिक संकलन गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन ताप्लेजुङ समाज नेपालले गरेको हो ।


प्रतिक्रिया दिनुहोस्