मेस्सीको कारण बिपक्षी आनन्द लिन्छन् – भाल्भार्डे


बार्सिलोना / स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले मेस्सीको कारण बिपक्षी टोली समस्यामा पर्ने तर पनि उनलाई हेरेर बिपक्षीले आनन्द लिने गरेको बताएका छन् । रियल बेटिस बिरुद्दको खेल पछी बोल्दै उनले मेस्सीले सधैं बिपक्षीलाई निराश पारे पनि उनिहरु मेस्सीको खेल हेरेर आनन्दित हुने बताएका हुन् ।


भाल्भार्डेले भने, दर्शकहरुले मेस्सीको खेल हेरेर आनन्द लिन्छन् उनलाई सम्मान गर्छन् । उनले रियल बेटिस बिरुद्दमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताएका छन् । बेटिस बिरुद्द मेस्सीले ह्याट्रिक गरेका थिए । उनले गरेको तिनै गोल अकल्पनिय रहेको थियो ।उक्त खेलमा बार्सिलोना ४(१ ले बिजयी भएको थियो ।

बेटिसको घरेलु मैदानमा मेस्सीले ह्याट्रिक गर्दा बिपक्षी समर्थकहरुले ताली बजाएर उनको सम्मान गरेका थिए । उनिहरुले मेस्सीको नाम लिदै ताली बजाएर स्टेडियम गुन्जयमान बनाएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्