थेगीमहाङ सयङ सङ्जुम्भो नेपालको प्रथम अन्तराष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडौं, चैत । थेगीमहाङका एउटै सन्तान जबेगु, हांसुरुम्बा, केरुङ र थोक्लीहाङ बिच अबैधानीक रुपमा कुटुम्बेरी गर्दै आएको र अब यसलाई रोक्ने लक्ष्यका साथ थेगीमहाङ सयङ सङ्जुम्भो नेपालको प्रथम अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

फिदीम नगरपालिका १० खलंगाटार याङनाम पाँचथरमा फाल्गुण २४,२५ र २६ गते आयोजित सम्मेलनका सभापति सस्थापक अध्यक्ष वृजहाङ जबेगु रहेका थिए भने प्रमुख अतिथि राष्ट्रिय प्रज्ञा प्रतिस्ठानका सदस्य हरीचन्द्र लाउती रहेका थिए । निर्वाचन मण्डल बन्दसत्रका अध्यक्ष निवर्तमान स्थानिय बिकाश राज्यमन्त्री श्रीप्रसाद जबेगु रहेका थिए । उक्त सम्मेलनबाट सबै सदस्यहरु मनोनयनबाटै चयन गरिएको हो ।

यस अधिवेशनबाट निम्नबमोेजीम सदस्य चयन गरियो अध्यक्ष भिम बिक्रम जबेगु र बरिष्ट उपाध्यक्षमा देउमान केरुङ, उपध्यक्ष तीन जना जनबहादुर जबेगु, रणबिक्रम थोक्लिहाङ, तिलबिक्रम हाङसरुम्बा त्यस्तै सचिवमा स्याम जबेगु सहसचिव सबिता जबेगु, कोषध्यक्ष क्याप्टेन सुरेन्द्रपकाश जबेगु चयन भएकाछन् ।

केन्द्रिय सदस्यहरुमा चन्द्रकला केरुङ, नरेन्द्रराज केरुङ, सीता जबेगु, राजेन्द्र केरुङ,प्रेम थोक्लिहाङ, सीता जबेगु, प्रेमकुमार हाङसरुम्बा, जे. बिं जबेगु, चेतकुमारी जबेगु, विरबल जबेगु, रुपध्वोज जबेगु, डिल्लीमाया थोक्लिहाङ, मानबहादुर हाङसरुम्बा, र देबेन्द्र जबेगु रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्