“ए सानि नानी ” बोलको गितको म्युजिक भिडियोको विमोचन सम्पन्न”

काठमाडौं / दिलीप गुरुङको आवाजमा रहेको “ए सानि नानी” बोलको गितको म्युजिक भिडियोको मंगलबार विमोचन गरीएको छ । ताप्लेजुङ सदरमुकाममा एक कार्यक्रमका बीच ताप्लेजुङका अग्रज श्रष्टा तथा गायक सुरोज मादेनबाट भिडियोको विमोचन गरीएको हो ।

भिडियोमा खुल्ला युगल नृत्य प्रतियोगिताका विजेता पदम श्रेष्ठ र डान्स च्याम्प झापाकी दिपमा खुलालको अभिनय रहेको छ भने भिडियोको निर्देशन कृष्ण तामाङले गरेका छन । विक्रम डिसीले खिचेको भिडियो ईडीटीङ सुन्दर लावतीले गरेका हुन । भिडियो लाई झापाको विभीन्न ठाँउमा छायाँकन गरीएको छ ।

गत बर्ष भाद्र २४ गते युनिक डान्स सेन्टर र शेर्पा समाजको आयोजनामा सम्पन्न भएको खुल्ला युगल नृत्य तथा गायनका विजेताहरुको भिडियो तथा गित एकै पटक विमोचन गरीएको हो । कार्यक्रममा बोल्दै गायक सुरोेज मादेनले स्थानिय कलाकारलाई स्थान दिन र कलाको सम्मान गर्न आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा जिल्लाका कलाकार र कलाकारीता क्षेत्रमा आबद्ध व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

भिडियो निकै राम्रो बनेको निर्माण युनिटको दाबी छ । यसै हप्ता नै
भिडियो लाई युट्युव च्यानलबाट सार्वजनीक गरीने आयोजक युनिक डान्स सेन्टरका प्रोपाइृटर सुमन शेर्पाले जानकारी दिनभयो । युनिक डान्स सेन्टरको व्यानरम बनेको भिडियोमा शिक्षा शेर्पाको लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्