यसरी ‘सलल बग्ने’ अञ्जली र एलएन कोशीमा (हेर्नुहोस् भिडियो)

काठमाडौं । पछिल्ला दिनमा युट्युवमार्फत गीत सार्वजनिक गर्ने लहर नै चलेको छ । यसैक्रममा नयाँ गीत ‘सलल बग्ने कोशीको पानी’ बोलको गीत सार्वजनिक भएको छ ।

अञ्जु पन्त र इन्द्र कार्कीको स्वर रहेको ‘सलल बग्ने कोशीको पानी’ गीत इन्द्र कार्कीले नै शब्द कोरेका छन् । संगीत भने पूर्ण गुरुङको छ

ओएसआर डिजिटलको युट्युव च्यानलबाट मंगलबार सार्वजनिक गरिएको ‘सलल बग्ने कोशीको पानी’ को म्युजिक भिडियोमा अञ्जली अधिकारी र एलएन श्रेष्ठले अभिनय गरेका छन् ।

प्रकाश धितालले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा उत्सव दाहालले खिचेका छन् भने विकास दाहालले भिडियोको सम्पादन गरेका छन् ।

भिडियो  


प्रतिक्रिया दिनुहोस्