विप्लव नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनसहित ९ जना गिरफ्तार

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) सुदर्शनसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार राती काभ्रेको खानीखोला गापा ३ स्थित डाँडा गाउँबाट जनतासँग बसेर छलफल गरिरहेका बेला प्रहरीको विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले घेरा हाली गिरफ्तार गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालको नेतृत्वको टोलीले पक्राउ गरेर काठमाडौँमा ल्याउँदैछ । नेता सुदर्शनसँगै विजय श्रेष्ठ ९प्रज्वलन०, शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित लामा, सन्जीव कार्की, बेद घिमिरे र लोकेन्द्र खड्का पनि पक्राउ परेका छन् । अहिलेसम्म पक्राउ परेकामध्ये सुदर्शन पार्टीका उच्च स्तरका नेता हुन ।

पक्राउ परेका नेताहरुलाई भेट्न मानवअधिकारीवादीको टोली टेकुस्थित महानगरीय प्रहरी बृतमा पुगिसकेको छ । नेताहरुलाई पक्राउ गर्न प्रहरीले सिंगो गाउँलाई नै घेरा हालेर सर्च अपरेशन नै चलाएको थियो ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएपछि बल प्रयोग गरेरै भएपनि दमन गर्ने नीतिमा छ ।


प्रतिक्रिया दिनुहोस्