ताप्लेजुङ समाज नेपालले अहिले सम्मकै सबै भन्दा बढी संख्याको रक्तदान गर्दै

काठमाडौं ९ चैत / ताप्लेजुङ समाज नेपालले अहिले सम्मकै सबै भन्दा बढी संख्याको रक्तदान गर्ने भएको छ । आज समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नयाँ बर्ष २०७६ को अवसरमा समाजले आगामी चैत्र ३० गते बृहत सांस्कृतिक कार्यक्रम र शुभकामना आदान–प्रदान कार्यक्रम सहित काठमाडौं धुम्बाराहीको एस।आर क्याटरिङमा रक्तदान गर्ने भएको हो । यस कार्यक्रमलाई व्यावस्थित गर्न बिभिन्न उपसमितीहरु निर्माण गरेको छ ।

त्यसैगरी समाजले ताप्लेजुङमा अहिले सम्मकै ठुलो संख्यामा छात्रबृति प्रदान गर्ने भएको छ । ताप्लेजुङको पाथीभारा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसका स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत ७५ जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्ने भएको हो । यो छात्रबृती बिद्यार्थीहरुलाई अध्ययनमा प्रोत्सहानको लागि बितरण गरिएको संस्थाका महसचिव अग्नी पौडेलले बताउनु भयो ।

श्रोतका अनुसार बैठकले समाजको बिधानमा ब्यवस्था भए अनुसार दंगध्वोज खोयाहाङको संयोजकत्वमा संरक्षक परिषद, राजेश्वर थापाको संयोकत्वमा प्रवुद्ध परिषद र ।महेन्द्र पराजुलीको संयोजकत्वमा बिज्ञ परामर्श परिषद समेत गठन गरी ति परिषदहरुलाई पूर्णता दिएको छ ।

यस भन्दा पहिले बिज्ञ परामर्श परिषदमा श्री फुपु छेवाङ सेर्पालाई संयोजक मनोनयन गरिएकोमा उनले कार्य ब्यस्तताको कारण सदस्यमा मात्र रहने इच्छा ब्यक्त गरेकाले उहाँको स्थानमा आजको बैठकले महेन्द्र पराजुलीलाई चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्