ओमको पहिलो गीतमा (सेक्युरिटिवाली) हेमा राईको अभिनय


काठमाडौँ, / लामो समय यु.के. लाहुरमा जिन्दगी बिताएर केहि समय नेपाल आएका ओम कुरुम्भङको पहिलो गीती एल्वम मेरो रहर सनिवार काठ्माडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरीएको छ ।

तेह्रथुममा जन्मीएका कुरुम्भङ युके लाउरबाट रिटायर भएपछी फेरी यु. के. कै डोनकास्टरमा बस्दै आएका छन् । विभिन्न संघसस्थामा आवद्ध रहेर समाज सेवामा सँगै गीत संगीतलाई माया गर्ने कुरुम्भङले यस एल्वममा नेपालका चर्चित ६ जना गायीकाहरुसँग आवाज भरेका छन् ।

गायीका मेलिना राईसँग पहिलो गीत गाएका छन् भने क्रमश गायीका जशोधा शुब्बा, प्रकृती थलङ, शुष्मा लिम्बु, दिपा सुहाङ र श्रेयषी चेम्जोङसँग आवाज भरेका छन् । यस एल्वमको पहिलो गीत घिन्ताङ घिन्ताङ हो भने क्रमश उडिजाने चरी, वैसालु रहर पुजाको अपुङ्गो, सिसामा नुमा र तान्छोगेन पालाम रहेका छन् ।

चर्चित लोक गायक खगेन्द्र यक्सो, राजशुक्र लिम्बु, अशोक लोहरुङ, मन थुलुङ र मबिन्द्र राईको संगीत रहेको छ । याशेली योङहाङ, प्रकाश थुलुङ र राजा मावोको शब्द संयोजन रहेको छ । कृष्णभक्त राई र टेकेन्द्र यक्सोले एरेन्ज गरेका हुन भने् दिप घतानी रेर्कडिस्ट साथै सरोज कार्की (दर्पणले) प्राबिधिक सहयोग गरेका छन् ।

अव चाँडै यस एल्वमको पहिलो गीतको म्युजिक भिडियो पनि बन्ने भएको छ् यस गीतको भिडियोमा अहीलेकी चर्चित मोडल (सेक्युरिटिवाली) हेमा राईले अभिनय गर्ने भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्