गाउँपालिकामा लागेको ताला २७ घण्टापछि खुल्यो

इच्छाकामना, २० चैत । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउपालिका कार्यालयमा लागेको ताला २७ घण्टापछि खुलेको छ। वडा नम्बर ३ को वडा कार्यालय राख्ने विषयमा विबाद भएपछि चैत्र १९ गते बिहान ८ बजे देखि वडा ३ कै असन्तुष्ट स्थानियबासी हरुले ताला बन्दी गरेका थियो । हाल गाउँपालिका कै कार्यलय बाट सन्चालित वडा ३ को कार्यालय बन्द गर्दा गाउँपालिकाको सम्पूर्ण काम समेत बन्द अवरुद्ध भएको थियो।


गाउँ भेला नगरी वडा कार्यसमितिको बहुमतको आधारमा अस्थाइ वडा कार्यालय धेरै लाई अपायक पर्ने फिश्लिङमा राख्ने तयारी गरे भन्दै वडाका अन्य स्थानका बासी आन्दोलित भएका हुन्। आज बिहान गाउँपालिका अध्यक्ष गिता गुरुङ,उपाध्यक्ष कृति कुमार श्रेष्ठ ,वडाअध्यक्ष गोबर्धन अधिकारीको रोहबरमा असन्तुष्ट पक्षबीच ३० दिन भित्र गाउँ भेला गरि नया निर्णय लिने र पुरानो निर्णय कार्यन्वयन नगर्ने मौखिक र लिखित सहमती भएपछि आन्दोलन को नेतृत्व गर्दै सहभागीको समर्थनमा वडा ३ कै स्थायी वासी एकराज शर्माले ताला खोलिदिएपछी बन्द रहेको गाउँपालिका कार्यालय खुलेको हो।


प्रतिक्रिया दिनुहोस्