बार्सिलोनाले आज इस्पान्योलसँग खेल्दै



बार्सिलोना / स्पेनिस क्लब बार्सिलोनाले आज सहरी प्रतिद्वन्द्वी इस्पान्योलसँग भिडन्त गर्दैछ । ९ महिनापछि राष्ट्रिय टोलीमा फर्किएको मेस्सी अर्जेन्टिना र भेनेज्वेलाको मैत्रीपूर्ण खेल खेल्नेक्रममा ३–१ ले स्तब्ध बन्दै घाइते समेत भएका थिए ।

आजको खेलमा मेस्सीले खेल्ने–नखेल्ने टुंगो लागेको छैन । बार्सिलोनाले सो खेलका लागि जारी गरेको खेलाडीको प्रारम्भिक सूचीमा मेस्सीलाई पनि राखिएको छ । नेपाली समय आनुसार खेल ९ बजे सुरु हुनेछ , ।

घरेलु लिग ला लिगामा दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग १० अंकको सहज अग्रतासहित शीर्ष स्थानमा छ । लिगमा अब १० खेल बाँकी छन् । उता, बार्सिलोना कोपा डेल रे फुटबलको फाइनल पुगिसकेको छ । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ , यो सिजन तीनवटै ठूला उपाधि जित्ने अभियानमा छ ।

बार्सिलोनाले अप्रिल १० मा च्याम्पियन्स लिगमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडसँग क्वार्टरफाइनलको पहिलो लेगको खेल अवे मैदानमा खेल्दैछ । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्