प्रेमअस्त्र जेष्ठ २१ गते बाट प्रर्दशनमा आउने

शंखर कार्कीले निर्माण गरेको चलचित्र प्रेमअस्त्र जेष्ठ २१ गते बाट प्रर्दशनमा आउने भएकोछ । प्रेम कथामा आधारीत रहेको यस चलचित्रलाई राजु लामाले लेखन तथा निर्धेशन गरेका छन।

यस चलचित्रमा नया तर सम्भावना बोकेका कलाकारहरले अभिनय गरेका छन । दुई नायक तथा दुई नायीकाको भुमिका रहेको यस चलचित्रमा नायक राजेन्द्र गोपाली, नरेन मर्हजन नायीका दोय प्रितिका बास्तोला, स्नेहा कार्की लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन ।

यस चलचित्रमा चार वटा गीतहरु समेटिएका छन जस्मा फकाएर लैजाउ मलाई भगाएर लैजाउ बोलको गीतको रेर्कडिङ कार्य सकिएको छ । यो गीतमा चर्चित गायक हिमाल सागर र गायीका अनु चौधरीले आवाज दिएका छन् ।

यस चलचित्रमा बरिष्ठ संगीतकार दिपक रमणले संगीत भरेका छन् । यो चलचित्रका सबै गीत तथा चलचित्रले दर्शकको मन जित्ने यस चलचित्रका निर्माता शंखर कार्कीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्